काठमाडौंः पाकिस्तानी संसदका सभामुख असद कैसरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

बीबीसीका अनुसार उनले आफैं ट्विट मार्फत यसबारे जानकारी दिएका हुन् ।

ट्विट गर्दै उनले आफूलाई कोरोना भाइरस संक्रमण देखिएको र घरमा क्वारेन्टाइनमा रहेको जनाएका छन् ।

उनका छोराछोरीको पनि रिपोर्ट पनि पोजिटिभ आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

कैसरले एक साताअघि मात्रै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भेटेका थिए । अब प्रधानमन्त्री खानको पनि कोरोना भाइरस परीक्षण हुने अनुमान गरिएको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १९, १३:५२