काठमाडौंः पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफ खेलहरु आजबाट सुरु हुँदैछ ।

कोरोना भाइरसको कारण रोकिएको प्ले अफ खेलहरु आजबाट हुन लागेको हो ।

लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा आज पहिलो क्वालिफायर र एलिमिनेटर खेल हुनेछ ।

क्वालिफायरमा मुल्तान सुल्तान र कराची किङ्सबीच तथा लिमिनेटरमा पेशावर जाल्मी र लाहोर कलान्दर्सबीच हुनेछ ।

यस्तै दोस्रो क्वालिफायर नोभेम्बर १७ र फाइनल नोभेम्बर १७ मा हुनेछ ।

यस अघि पाकिस्तान क्रिकेट बोर्डले कोरोनालाई मध्येनजर गर्दै पीएसएल स्थगित गरेको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, १३:२३