काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज प्रसंङ्ग प्रति नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई आगामी पुस १६ मा पानीजहाज चढेर कोलकाता जान निम्ता दिएको बिषयलाई लिएर भट्टराईले यस्तो भनाई व्यक्त गरेका हुन् ।

सामाजिक संजाल ट्वीटरमा सन्देश ट्वीट गर्दै डा भट्टराईले भनेका छन् ‘पानीजहाज चढेर कलकत्ता पुग्नुभन्दा पहिले बस चढेर नौबिसे पुग्ने व्यवस्था गर्नुपर्यो प्रमज्यू ! अहिले विहानैदेखि नागढुंगाबाट नौबिसेसम्म पूरै जाम छ।


। घण्टौंसम्म यात्रीहरू अलपत्र छन् । कमसेकम रामकोटबाट धार्केसम्म वैकल्पिक बाटो बनाउन युद्धस्तरमा काम गर्न किन सकिन्न ? अनि बल्ल पानीजहाज र रेल !