विराटनगरः सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो ३ बजेको समयमा घर नजिकै जमेको पानीमा साथीहरुसँगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका–८ की १० वर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का ५५ वर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ ।

बुधबार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बिच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा आज बिहान साँढे ९ बजे बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, असोज १, २०७७, १३:२९