काठमाडौंः लोकप्रिय गायक कमल खत्री आफ्नो नयाँ गीत ‘पानी पिउने बहाना’ को म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् ।

यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको ‘पानी पिउने बहाना’ गीतमार्फत स्रोतामाझ आएका हुन् ।

सुमन योञ्जनले रचना गरेको गीतमा रिकेश गुरुङले संगीत संयोजन तथा मिक्सिङ गरेका छन् ।

कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन् ।

निर्देशक नितिन चन्दले यो म्युजिक भिडियो निर्देशन गरेका हुन् ।


। भिडियोलाई निर्देशक चन्दले नै सम्पादन गरेका हुन् ।

रुपेश थापाले यो भिडियो छायांकन तथा कलर करेक्सन गरेका हुन् भने विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

उक्त भिडियोलाई गायक खत्रीले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः सोमबार, भदौ २९, २०७७, १८:३९