काठमाडौंः नेपाली पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले राष्ट्रिय टोलीका आफ्ना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा आज आयोजित एक कार्यक्रमबीच कोरोना भाइरसको संक्रमणसँगै लकडाउनका कारण समस्या परेका खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरले सहयोग गरेका हुन् ।

नेपाली पारा तेक्वान्दोमा धेरै सफलता दिएका कुँवरले खेलाडीलाई जनही तीन हजार रुपैयाँ सहयोग गरेका थिए ।

यसैगरी, पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज प्रशिक्षक लामाले पनि सोही अवसरमा खेलाडीलाई १/१ हजार थपिदिएका थिए ।

नेपाली पारा खेलकुदमा बाह्रै महिना प्रशिक्षण गर्ने खेलको रुपमा पारा तेक्वान्दो स्थापित छ ।


। महामारी पैmलिएसँगै नेपालमा लकडाउन सुरु भएपश्चात् अन्य खेलजस्तै पारा तेक्वान्दो टोलीको प्रशिक्षण पनि प्रभावित भएको थियो ।

नेपाली टोलीले जापानमा आयोजना हुने पाराओलम्पिकको छनोटका लागि प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा तयारी गरेका थिए ।

यसअघि नेपाल तेक्वान्दो पारा तेक्वान्दो कमिटीले पनि खेलाडीहरूलाई खाद्यान्न र आर्थिक सहयोग प्रदान गरेको थियो । प्रशिक्षकद्वय कुँवर र लामाले पनि खेलाडीलाई थप सहयोग गर्ने उद्देश्यले आफैं अग्रसरता देखाएका हुन् ।

सो अवसरमा खेलाडीद्वय रन्जना धामी र राम अधिकारीले आफ्नै प्रशिक्षकहरूबाट मिलेको सहयोगले आफूहरुको जीवनमा विशेष अर्थ राख्ने बताए ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १९:२७