काठमाडौंः नेकपा मसाल (मोहनविक्रम सिंह) ले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सकारात्मक भन्दै स्वागत गरेको छ ।

महामन्त्री सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कदमको स्वागत गरेका हुन् । उनले चुनावको बेलामा भएको गठबन्धनलाई आफुहरुले पार्टी एकताको पक्षमा मत प्रकट गर्दै त्यसको सफलताका लागि शुभकामना दिंदै आएको र अहिले भएको एकताले खुसी लागेको विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्री सिंहले यो एकतालाई राजनीतिक कारणले समर्थन गरेपनि उनीहरूसित सैद्धान्तिक मतभेद भएको स्पष्ट पारेका छन् ।