काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी औपचारीक रुपमा घोषणा भएको जानकारी संघीय संसदलाई गराएपछि प्रतिनिधिसभा आजको बैठकमा सत्तापक्षको नयाँ वरियता कायम भएको छ ।

नेकपाको वरीयताक्रमअनुसार संसदको आजको बैठका सत्तापक्षको पहिलो नम्बरको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेका छन् । प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसेका थिए भने तेस्रो वरियतामा रहेका झलनाथ खनाल अनुपस्थित भएकोले सिट खाली थियो ।

यसअघि माओवादी केन्द्रका सांसद बस्ने सिटमा भने पहिलो नम्बरमा देव गुरुङ र त्यसपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बसेका छन् ।