पार्टी केन्द्रीय सदस्यहरुले वालुवाटारमा सामूहिक शपथ लिए (शपथपत्र सहित)







काठमाडौंः एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बिहीबार बालुवाटारमा सामुहिक सपथ लिएका छन् ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई शपथ गराएका थिए । उनीहरुको शपथ पछि सामूहिक रुपमा उपस्थित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराइएको थियो ।

एकीकरण हुने दुई पार्टीको स्वामित्वमा रहेको सम्पती एकीकृत पार्टीको नाममा ल्याइने निर्णय भएको छ ।

पार्टी एकीकरण गर्ने र नामाकरण गर्ने, चिन्ह सूर्य


राख्ने, साविकमा रहेका एमाले र माओवादीका नाममा भएका संरचना तथा संगठनहरु नयाँ पार्टीमा स्वतः सर्ने   ।

सुवास नेम्वाङ्ग, देव गुरुङ्गका साथै वकिलहरु मुक्ति प्रधान, बाबुराम दाहाललाई निर्वाचन कार्यलयमा दल दर्ता गर्ने जिम्मा दिने लगायतका अन्य प्रस्तावहरु पारित गरिएको छ ।
शपथपत्र




ताजा समाचार


विशेष समाचार