तानसेनः पाल्पाको रामपुर नगरपालिका किसानबारीमा अटो रिक्सा दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् ।

रामपुरको विजयपुरबाट बेझाड बजार तर्फ आउदै गर्दा किसानबारीको सडकबाट लु १ ह ५७० नम्बरको अटो खसेपछि दुर्घटना भएको हो । दुर्घटनामा अटो चालक रामपुरका १९ वर्षका मिलन गैरे, पुजा ढुङ्गाना र शशि गैरे घाइते भएका हुन् ।

घाइतेहरुको रामपुरका मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागी लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको पत्रकार कमल गैरेले जानकारी दिएका छन् ।