पाल्पाः तानसेन नगरपालिका–७ काजीपौवामा सोमबार राति जिप दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप चालक पाल्पाकै बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र जिपमा आएका पाल्पाकै रिब्दिकोट गाउँपालिका–४ रानीठाटीका २७ वर्षीय राज थापा रहेका छन् ।

खाम्चाले चलाएको लु २ च ६३२ नम्बरको कुखुरा बोक्ने पिकअप जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि मिसन अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २४ गते मंगलबार, १०:२५