पाल्पाः पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा थप ६ जना घाइते भएका छन् ।

जिप दुर्घटनामा परी निस्दी गाउँपालिका.५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी.४, मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको हो ।

निस्दी रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरीका अनुसार दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा निस्दी५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु रहेका छन् ।


त्यस्तै निस्दी४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दार गरेर उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक र सहचालक भने फरार रहेका छन् । जिपमा सवारी चालक सहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साउन २८, बुधबार, ०७:०३