पाल्पाः रम्भा गाउँपालिका–४ मा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाकै माथागढी गाउँपालिका–४ का ६६ वर्षीय टिका बहादुर जि.सी. रहेका छन् ।

आज बिहान साढे ७ बजे लु ३ त ९८१२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा जि.सी.को घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १६:३२