पाल्पाः पाल्पाको तिनाउमा माथिबाट खसेको ढुंगाले किच्दा एक महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समिक्षा चौहान रहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ तिनाउ गाउँपालिका–३ श्रीडाडामा माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी चौहानको उपचारको क्रममा बुटवलमा मंगलबार राति मृत्यु भएको हो ।

यसैगरी, उनकी ३ वर्षीया छोरी करिश्मा चौहान गम्भीर घाइते भएकी छन् । उनको सिटी अस्पताल बुटवलमा उपचार भईरहको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ १७, २०७७, १५:१९