काठमाडौंः शुक्रबार बिहान पाल्पामा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

शोक सन्देश जारी गर्दै सभापति शेरबहादुर देउवाले घटनामा दुःख व्यक्त गर्नुका साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

बिहान तानसेनबाट रामपुर जान लागेको लु १ ख ९७५ नं. को यात्रुवाहक बस रम्भा गाउँपालिका-४, हुमिनमा ९ः३० बजे दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

घाइतेहरुको पाल्पामा रहेको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको छ ।