काठमाडौंः शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएका नौं जना मध्ये तीन जनालाई थप उपचारको लगि काठमाडौं ल्याइएको छ ।

पाल्पाको रम्भा गाउँपालिका– ४ हुमिनमा भएको बस दुर्घटना गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठामाडौं ल्याइएको हो ।

तानसेन नगरपालिका– ३ का सान्तम बज्राचार्य, तानसेन– ३ कै प्रविण बज्राचार्य र चालक तानसेन– ६ अर्जुन थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । बाँकी घाइतेको तानसेनका अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूलाई गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

साथै हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।