तानसेन: लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ त ९७५ नं. वस दुर्घटना हुदाँ १३ जनाको मृत्यु ८ घाईते भएका छन् ।

मृत्यु हुनेमा

तानसेन ४ का विष्णुमान बज्राचार्य,

तानसेन ३ का देवेन्द्रलाल प्रधान

तानसेन ३ कृष्णमान बज्राचार्य

तानसेन ३ का छत्रमान शाक्य

तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ

तानसेन ४ का कृष्णबहादुर बोहोरा

तानसेन ६ का दुर्गाबहादुर सारु

तानसेन २ का लोकनाथ ढकाल

तानसेन ३ का बसन्ती खाण

तानसेन ६ का गिता बुढाथोकी

तानसेन ३ कमला कार्की रहेका छन ।

एक जना महिलाको नाम खुल्न सकेको छैन ।


। कमला कार्की लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना स्थलवाट उपचारका लागी युइनाईटेड मिसन अस्पतालमा ल्याईएका घाईतेहरु मध्ये एक जनाको मुत्यु । मृत्यु हुनेमा तानसेन ६ का सचिन बज्रार्चाय रहेको पत्रकार सुशिल नेपालले जनाएका छन् ।

अन्य घाइतेहरुमा
प्रफुल्ल शर्मा
विमल रन्जन
उत्तम कुमार बज्राचार्य
ओम मलेगो
मिना खाम्चा
मुना सारु
अर्जुन थापा र
प्रविण बज्राचार्य रहेका छन् उनीहरुको को उपचार भैरहेको छ । घाईत मध्ये प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

घटनास्थल

पाल्पा मिसन अस्पताले निकाले सूचनाः अस्पतालमा उपचार गराउँदै गरेका घाईतेको विवरण र अस्पतालमा मृत्यु हुनेको विवरण

घाइतेहरुको मिसन अस्पतालमा उपचार हुँदै