काठमाडौंः फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले तालिकामा आफ्नो शीर्ष स्थान कायम राखेको छ ।

शनिबार राति भएको खेलमा ब्रेस्टमाथि २–१ ले जित निकाल्दै पीएसजीले शीर्ष स्थान कायम राखेको हो ।

पीएसजीका लागि एन्जल डी मारिया र मौरो इकार्डीले एक एक गोल गरे । यस्तै ब्रेस्टका लागि सामुइल ग्रान्डसिरले एक गोल गरे ।

खेलको ३९औं मिनेटमा मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा ब्रेस्टका ग्रान्डसिरले गोल गर्दै खेल बराबरीमा ल्याए । ८५ औं मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई जित दिलाए ।

जितसँगै शीर्षस्थानमा यथावत रहेको पीएसजीले १३ खेलबाट ३० अंक बनाएको छ ।


। जुन दोस्रो स्थानको रेन्जर्सभन्दा ९ अंक बढी हो । पराजित ब्रेस्ट १७ अंकसहित १० औं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, १०:०२