काठमाडौंः फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित पीएसजी क्वाटरफाइनलमा प्रवेश गरेको हो । पीएसजी पहिलो लेगमा २–१ ले पराजित भएको थियो ।

पीएसजीका लागि नेयमार र जुवान बर्नाटले एक एक गोल गरे ।

कोरोना भाइरसको कारण दर्शकबिना भएको खेलको २८ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि ४५ औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।

यस्तै खेलको ८९ औं मिनेटमा इम्री क्यानले रातो कार्ड पाउँदा डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो ।



प्रकाशित मितिः बिहीबार, फागुन २९, ०८:४३