काठमाडौंः फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) अपराजित रहँदै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० को फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

पीएसजीका लागि मोउरो इकार्डी, पाब्लो साराविया, नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभानीले एक एक गोल गरे ।

खेलको ३२औं मिनेट इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा सारावियाले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए । ४७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।


। ६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीले खलेमा ४–० को अग्रता दिलाए । ८४ औं मिनेटमा काभानीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ५–० को जित दिलाए ।

जितसँगै अपराजित रहेको पीएसजीले ५ खेलमा जित र १ मा बराबरीको नतिजा निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो । यस्तै यो समुहबाट स्पेनिस क्लब रियल मड्रिडले उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ०७:५७