काठमाडौंः मलेसियामा पाँच वर्ष रोजगारी गरेर बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका सुमन श्रेष्ठको मुहार खुसीले बलेको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, उनलाई लिन पुगेका आफन्तको अनुहारमा पनि हर्षको सीमा थिएन ।

हेटौंडादेखि राजधानी आएकी आमा बबिता उनलाई देख्नेबित्तिकै अँगालो हालेर रोइन् । ‘यो मेरो हर्षको आँसु हो,’ छोराको शिरमा हात राख्दै उनले भनिन्, ‘पाँच वर्षपछि मेरो दशैं घर आएको छ ।’

बबिताले यसो भन्दै गर्दा विमानस्थलको प्रस्थानकक्षमा कास्की रुपा गाउँपालिका–६ का नारायण थापा हातमा पासपोर्ट बोकेर मलिन अनुहारमा उभिएका थिए ।


। आमा–बाको हातबाट टीका लगाएर राजधानी आएका उनी विमानस्थलमा एक्लै थिए ।


प्रकाशित मितिः शनिबार, असोज १८, ०७:४७