पोखराः दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) आज आइतबारबाट सुरु हुँदैछ ।

पोखरास्थित पोखरा क्रिकेट रंगशालामा हुने आजको पहिलो उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेनबीच प्रतिस्पर्धा हुनेछ ।

बिहान साँढे ११ बजेबाट सुरु हुने आजको पहिलो खेलमा जित हात पार्दै दुवै टोली लिगमा सुखद सुरुवात गर्ने लक्ष्य सहित मैदानमा उत्रनेछ ।

पोखरा नेपाली घरेलु लिगमा सर्वाधिक सफल शरद भेषाकरको नेतृत्व र काठमाडौं राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमै मैदान उत्रने छ । खेल निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०९:४३