पोखराः पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले लगातार चौंथो जित निकालेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित चितवनले लगातार चौंथो जित निकालेको हो ।

चितवनले दिएको १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो ।

विराटनगरका लागि लोकेश बमले ६२, पुनित मेहराले २४, पाकिस्तानी युवा ब्याट्सम्यान नोमन खानले १८ र कप्तान प्रदीप ऐरीले ९ रन बनाए ।

चितवनका भुवन कार्की र करण केसीले ३/३, रोहन मुस्तफाले २, सन्नी पटेलले १ विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

चितवनका लागि आरिफ शेखले अविजित ३९, कप्तान पारस खड्काले ३५, सन्नी पटेलले अविजित २७ र बाबर हायातले २५ रन बनाए ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक/एक विकेट लिए ।


प्रकाशित मितिः आइतबार, पुस ६, १२:५७