पोखराः पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा धनगढी एक्स्पर्ट लिग चरणबाट नै बाहिरिएको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा बुटवल ब्लास्टर्ससँग ७ विकेटले पराजित भएपछि धनगढी लिग चरणमा नै बाहिरिएको हो ।

धनगढीले दिएको १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले १६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

बुटवलका लागि अफ्ताब उद्दीन अहमेदले ५२, हर्ष टोन्कले ४०, शंकर रानाले २५, शिवम सिंहले १५ र भिम सार्कीले अविजित ७ रन बनाए ।

धनगढीका लागि अनिल खरेलले २ र दीपक पुनियाले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।


धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ६१, सन्दीप जोराले ३९ र सौरभ खनालले १० रन बनाए । बाँकी अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बुटवलका लागि अभिनाश बोहराले ४, ललित सिंह भण्डारीले ३ र सोमपाल कामीले १ विकेट लिए ।

जितसँगै बुटवलले भने प्लेअफको सम्भावना निकै बलियो बनाएको छ ।


प्रकाशित मितिः आइतबार, पुस ६, १६:१८