काठमाडौंः पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा आज बिहिबार फाइनल प्रवेशका लागि बुटवल व्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

इलिमिनेटर राउण्डमा दुवै टोली भिड्न लागेका हुन् । यो खेलको विजेताले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ ।

प्रदीप ऐरी नेतृत्वको विराटनगर र सोमपाल कामी नेतृत्वको बुटवलबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।

लिग चरणमा बुटवलले पाँच खेलमा तीनमा जित र दुईमा हार ब्यहोर्दै दोस्रो स्थानमा रहँदै इलिमिनेटर राउण्डमा छनोट भएको थियो । यता विराटनगरले दुई जित र तीन हार ब्यहोरेपनि रन रेटमा काठमाडौं गोल्डेनलाई पछि पार्दै लिगमा तेस्रो स्थानमा रहँदै इलिमिनेटर राउण्डमा प्रवेश गरेको थियो ।



प्रकाशित मितिः बिहीबार, पुस १०, ११:२७