पोखराः विराटनगर टाइटन्स पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिनजिक पुगेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई २१ रन पराजित गर्दै विराटनगर उपाधिनजिक पुगेको हो ।

विराटनगरले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र १ सय ४४ रन बनायो ।

बुटवलका भीम सार्कीले ४४, अफ्ताबूदिन अहमेदले ४३, पुरन बिकेले १५ तथा शिवम सिंहले १४ रन बनाए ।

विराटनगरका शाहब आलम र पुनित मेहेराले समान ३र३ तथा किशोर महतो, जैद आलम र जितेन्द्र मुखियाले १(१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।


विराटनगरका सुनिल धमलाले ६१, कप्तान प्रदिप ऐरीले अविजित ३३, जैद आलमले २०, लोकेश बम र पुनित महराले समान १९ रन बनाए ।

बुटवलका हर्ष टंकले २ विकेट लिए । यस्तै ललित भण्डारी र अविनास बोहराले समान १र१ विकेट लिए ।

अब विराटनगरले उपाधिका लागि पारस खड्का कप्तान रहेको चितवन राइनोजसँग खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहदै फाइनल पुगिसकेको छ । फाइनल भोलि शनिबार हुनेछ ।


प्रकाशित मितिः शुक्रबार, पुस ११, ११:४५