काठमाडौंः राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकामाथि सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले चन्द्रपुरलाई ३–० को सहज जित निकालेको हो ।

पुलिसका लागि सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक एक गोल गरे ।

खेलको सातौं मिनेटमा सिर्जनाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । ५४ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाईन् । त्यसपछि ८५ औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई ३–० को सहज जित दिलाईन् ।

जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।


। चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १७:५५