काठमाडौंः विभागीय टिम नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा पुलिसले विराटनगर महानगरपालिकामाथि ३–० को सहज जित निकालेको हो ।

पुलिसका लागि निरु थापाले दुई तथा निर्मला उपाध्यायले एक गोल गरे ।

खेलको ४१ औं मिनेटमा निर्मलाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएकी थिइन् । ५७ औं मिनेटमा निरुले गोल गर्दै पुलिसको अग्रता २–० को बनाईन् । त्यसपछि ५९ औं मिनेटमा निरुले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ३–० ले विजयी भयो ।

विराटनगरलाई पराजित गर्दै पुलिस लिगको चौथो स्थानमा उक्लिएको छ । पुलिसले ८ खेलमा ११ अंक जोडेको छ ।


। विराटनगर ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, १७:५४