काठमाडौंः पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आज भएको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एपीएफलाई २०–२५, २८–३०, २५–२३, २५–१९ र १५–११ ले पराजित गरेको हो ।

जितसँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । पुलिसले २ खेलमा ५ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।

आज नै भएको यस अघिको खेलमा न्यु डाइमण्डले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा हराएको थियो ।


त्यस्तै विभागीय टिम आर्मीले ढोरपाटनलाई ३–० को सेटमा हराएको थियो ।


प्रकाशित मितिः २०७७ साल चैत २१ गते शनिबार, १७:०७