काठमाडौंः राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१ को सहज जित निकालेको हो ।
पुलिसका लागि निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गरे । चन्द्रपुरका लागि सबिता राना मगरले एक गोल गरिन् ।
खेलको २७ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । ३९ औं मिनेटमा चन्द्रपुरकी सबिताले बराबरी गोल फर्काइन् । ५० औं मिनेटमा निरुले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाइन् । त्यसपछि इन्जुरी समयमा अनुष्काले गोल गर्दै पुलिसलाई ३–१ को जित दिलाईन् ।
।
जितसँगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ १८ गते आइतबार, १७:०६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook