काठमाडौंः राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकासँग नेपाल पुलिस क्लब पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिस विराटनगर महानगरपालिकासँग १–० ले पराजित भएको हो ।

विराटनगरका लागि पार्वती घलेले निर्णायक गोल गरिन् ।

खेलको नवौं मिनेटमा पार्वतीले निर्णायक गोल गरेकी थिइन् ।

जितसँगै विराटनगरले ६ खेलबाट १० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलमा ८ अंक जोडेको पुलिस लिगको चौंथो स्थानमा झरेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २१ गते बुधबार, १८:०८