भक्तपुरः नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको ४१ औं जिल्ला सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमको नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय उपाध्यक्ष वेदप्रसाद कोजुले उद्घाटन गरेका हुन् ।

साधारणसभामा सचिव र कोषाध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो ।

केन्द्रीय उपाध्यक्ष कोजु निर्वाचन अधिकृत रहेको उक्त निर्वाचन कार्य तालिका अनुसार माघ २ गते नै निर्वाचनको प्रक्रिया पूरा गरी सर्वसम्मत पुष्पलाल तिमिला सभापतिको नेतृत्वमा १० जना कार्यसमिति सदस्य निर्वाचित भएको थियो ।

नयाँ कार्यसमितिमा निर्वाचित सदस्यहरुमा सुमन श्रेष्ठ, राजेश्वरी शिल्पकार, महेन्द्रलाल कायस्थ, सानु त्वाय्ना, रत्नालक्ष्मी भैलः, कृष्णदास श्रेष्ठ, रत्नलाल साँद, सोमबहादुर पन्थ, सुरेश प्रधान र बालकृष्ण श्रेष्ठ रहेका छन् ।


कार्यक्रममा नवनिर्वाचित सभापति र सदस्यहरुलाई निर्वाचन अधिकृत कोजुद्वारा सपथ ग्रहण पश्चात प्रमाणपत्र वितरण गरेका थिए । सोही कार्यक्रममा निवर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई पनि प्रशंसापत्र प्रदान गरियो ।


प्रकाशित मितिः २०७७ साल माघ ३ गते शनिबार, १९:४८