काठमाडौंः पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् ।

छातीमा संक्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको हो ।

चिसोले गर्दा अधिकारीको छातीमा संक्रमण भएको र शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटक–पटक उपचार भइरहेको छ ।


प्रकाशित मितिः शनिबार, पुस २८, १५:५५