सिन्धुपाल्चोकः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको बाह्रबिसेमा आइतबार गएको पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गरेका छन् ।

आइतबार नै घटनास्थलमा पूर्वमन्त्री बस्नेत पुगेर पीडितहरुको पीडामा मल्हम लगाएका छन् ।

पूर्वमन्त्री बस्नेत लगायतका पार्टीका नेता तथा कार्यकर्ताले बाह्रबिसे नगरपालिका वडा नं. ७ भिरखर्क र नागपुजे पहिरोको अबलोकन गर्दै मृतक परिवाहरूलाई ईन्द्रनी कार्यक्रमका संयोजक कृष्ण कडेलसहित मोहन दाईले प्रति परिवार रू. २५ हजार नगद सहित त्रिपाल र कम्मल हस्तान्तरण गरेका थिए ।

आइतबार बिहान २ बजे सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७ का तीन स्थान नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको थियो ।


उनले घाइते प्रति स्रिघ स्वास्थ्य लाभको कामना गर्नुका साथै मृतक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका स्थानीय नेता भगवान गिरी लगायत अन्य दर्जनौहरु यस विपतको अवस्थामा राहत र उद्दारमा जुटेका थिए ।

तस्बिर: भगवान गिरी


प्रकाशित मितिः मंगलबार, भदौ ३०, २०७७, १३:१८