काठमाडौंः नेकपा नेता एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी शर्माकी पत्नी लक्ष्मीलाई पनि संक्रमण पुष्टि भएको छ ।

आज बिहान फेसबुकमा स्टाटस राख्दै प्रभाकरले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो ।

शर्माले पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, ०९:०४