बाराः दुई हप्ता लामो बसाईका लागि पूर्वराजा ज्ञानेन्द्र शाह बाराको सिमरा पुगेका छन् । उनी सिमरा स्थित प्रभूवासमा बस्ने कार्यक्रम रहेको जनाइएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित पूर्व राजाका बाल्यकालका साथी प्रभूशमसेर राणाको निवास प्रभूवासमा रहेर पूर्वराजा शाहले बारा पर्साका धार्मिक स्थलहरुमा सहभागिता जनाउने छन् ।

बारा पर्साका विभिन्न स्थानबाट आएका समर्थकहरुले पूर्वराजा शाहको भव्य स्वागत गरेका थिए । हजारौंको संख्यामा उपस्थित भएका राजावादीहरुले बिभिन्न नारा समेत लगाएका थिए ।