काठमाडौंः पूर्व राजा ज्ञानेन्द्र शाह पूर्व भ्रमणमा जाने भएका छन् ।

करिब तीन साताका लागि भन्दै रानी कोमलसँगै उनी पुस २ गते झापा जान लागेका हुन् ।

केही साताको बसाईको क्रममा उनी पूर्व क्षेत्रका जिल्लाहरुको भ्रमणमा जाने उनका प्रेस सल्लाहकार डा. फणि पाठकले जनाए ।

पुस २ गते श्री एयरलाइन्सबाट झापाको भद्रपुरस्थित विमानस्थलमा अवतरण गरेपछि उनी दमक आउने छन् ।

पूर्वाञ्चालका विभिन्न जिल्लाको भ्रमणको क्रममा उनले केही धार्मिकस्थल र मन्दिरहरुमा दर्शन तथा पूजा गर्नेछन् ।


प्रकाशित मितिः शनिबार, मंसिर २८, १०:२९