धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।

धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ ।

गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ । आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाँध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ ।

गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् ।


। नव प्रतिभाका लागी प्रेरणा र हौसला रहोस भन्ने अभिप्रायले भिडियोमा आफुले नगद ४५ हजार सहयोग गरेको प्रस्तुतकर्ता क्रान्ति सुब्बाले बताए ।

शिरकुमार साङपाङको छायांकन तथा बसन्त उम्बुले राईले सम्पादन तथा निर्देशन गरेका थिए । भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रममा निर्माता क्रान्ति सुब्बाले गायक गंगा बरदानलाई नगद १० हजार रुपैयाँ सहयोग गरेका थिए ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २२ शनिबार, १३:४९