काठमाडौंः पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ बर्षको उमेरमा आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा निधन भएको छ ।

श्वासप्रश्वास र मुटु रोगसँगै दुबै मिर्गौला फेल भएर लामो समयदेखि थलिएका उनको उपचारकै क्रममा ग्रान्डी अस्पतालमा निधन भएको हो ।

निजामती सेवामा सचिव पदबाट अवकाश लिएका उनी पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यकालमा गृहमन्त्री बनेका थिए ।