काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ ।

सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।

उनको आज पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमती, दुई छोरा र छोरी छन् ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, १८:२५