काठमाडौंः रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले राजनैतिक नेतृत्वलाई सदैव स्वीकार गरेको र नेपाली जनता सेनाप्रति गौरव गर्ने गरेको बताएका छन्।

बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।

वर्षायाम शुरु भएसँगै हुन सक्ने प्राकृतिक जोखिम र क्षति न्युनिकरणको लागि सेनालाई तयारी अवस्थामा रही नागरिकसँग सम्वादमा रहेर समस्या समाधानमा सहयोगी बन्न निर्देशन दिए।


कठिन परिस्थितिमा पनि सेनाले आफ्नो स्वाभिमानलाई उच्च राख्न सफल भएको हुनाले आगामी दिनमा समेत सेनाको स्वाभिमान उच्च रहनेमा विस्वस्त रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले पृतनापति समन्वयात्मक बैठकको सफलताको कामना गरे।