काठमाडौंः पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल आयल निगममा धर्ना गरेको छ ।

आज नेविसंघले बबरमहलस्थित नेपाल आयल निगममा परिसरमा एक घन्टा धर्ना बस्नुका साथै निगमका महाप्रबन्धकलाई मुल्य घटाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ।

पटक–पटक यसरी दैनिक उपभोग्य वस्तुको मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप विद्यार्थीहरुको छ । यो मूल्यवृद्धि जनहित विरोधी र कमिशनको खेल भएकोभन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेको छ ।