काठमाडौं: पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आन्दोलन थालेको छ। प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई दबाब दिन नेविसंघले ७७ जिल्ला प्रशासन कार्यालयमा मूल्यवृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएको छ।

नेविसंघका सभापति नैनसिंह महरका अनुसार आन्दोलनअन्तर्गत बुधबार देशभरका सदरमुकाममा १ घन्टा यातायात चक्काजाम हुनेछ।त्यसपछि जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिने कार्यक्रम छ।

यसअघि  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेटेर नेविसंघलगायत विद्यार्थी संघसंगठनले यसअघि नै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरिसकेका छन्।


। मन्त्री यादवले संसदमा अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन गर्दा तेलको भाउ बढेको जवाफ दिएका छन्।