पेट्रोलियम पदार्थमा मुल्य वृद्धि







काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ ।

निगमले बुधबार राती १२ बजे पछि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा २-२ रुपैंयाका दरले मुल्य वृद्धि गरेको हो ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमले जनाएको छ ।

मूल्यवृद्धिसँगै पेट्रोलको मुल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य प्रति लिटर ९२ रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्य सँगै इन्डियन ओएल कर्पोरेसनले पढाएको मूल्यसूचीका आधारमा नेपाल आयल निगमले नयाँ मूल्य कायम गरेको जनाएको


छ ।

आयल निगमले पछिल्लो समयमा स्वचालित मुल्य प्रणाली अन्तर्गत तेलको भाउ हेरफेर गर्दै आएको छ ।




ताजा समाचार


विशेष समाचार