नेपाल राता: पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा भारतीय पक्षबाट दुब्र्यवहार भएको भन्दै ट्यांकर चालकहरुले अमलेखगञ्ज र थानकोट डिपोमा पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन् ।

राष्ट्रिय पेट्रोलियम ढुवानी महासंघ, ट्यांकर चालक संघ र ट्यांकर व्यवसायीहरुले संयुक्त बिरोध गर्दै कामकाज ठप्प पारेपछि आइतबार पेट्रोलियम पदार्थ नेपाल भित्रीन सकेको छैन भने थानकोट र अमलेखगञ्जमा भण्डारण भएको तेल पनि डिपोहरुमा पठाइएको छैन ।

नेपालका लागि भारतबाट मालसामान ढुवानीको प्रमुख नाका रक्सौलमा भिडभाड बढि हुने र त्यसका कारण बाटोमा पर्ने जामले सगौलीदेखि रक्सौल पुग्न झण्डै एक हप्ता नै लाग्ने लाग्ने गरेको चालकहरु बताएका छन् ।


पेट्रोलियम पदार्थ लोड गरेर फर्किदा निकै बाटोमा जाम हुने, अति प्रज्वलनशील पर्दाथ भएका कारण लामो समय बाटोमा रोकेर राख्न नमिल्ने हुँदा छिटो भन्दा छिटो डिपोमा पुर्याउनु उनिहरुको बाध्यता रहेको र सो क्रममा त्यहाँको सुरक्षा निकायले पटक-पटक चालकहरुलाई कुटपिट गर्ने गरेको पेट्रोलियम ढुवानी संघले जनाएको छ ।

नेपाली चालकहरुमाथि बारम्बार दोहोर्याइने यस्तमा किसिमका दुब्र्यवहार कुटनीतिक तहबाटै समाधान गर्दै समस्याको समाधान गर्नुपर्ने नेपाल आयल निगमको तर्क छ ।