जनकपुरः पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका १६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुले जनकपुरस्थित पिडारी चोकमा नाराबाजीसहित प्रदर्शन गरिरहेका बेला प्रहरीले नेविसंघ जिल्ला अध्यक्ष सुजित झा लगायत नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबै नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

नेबिसंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको थियो ।