काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागू गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढेको हो ।

नयाँ मूल्य अनुसार उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मटितेलको ९७ रुपैयाँ पर्नेछ ।

भारतीय आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपाल पनि मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

भारतीय आयल कर्पोरेसनबाट हवाई इन्धन तथा एलपी ग्यासको मूल्य समेत बढेर आएता पनि नेपालमा भने हाललाई हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखेको प्रवत्ता गोइतले बताए ।



प्रकाशित मितिः मंगलबार, मंसिर १७, ०६:४७