कास्कीः पोखरा महानगरपालिका–१० बुद्धचोकमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, जेठ ३१, २०७७, १८:५८