कास्कीः पोखरा महानगरपालिका–६ लेकसाईडमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

लेकसाईडस्थित टंकराज अधिकारीको सेन्टर लेक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–६ बैदाम बस्ने ६१ वर्षीय बीर बहादुर लामिछाने लगायत ८ जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १९ हजार ३ सय २० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, १९:२२