कास्कीः पोखरा महानगरपालिका–१७ ड्यामसाईडमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

ड्यामसाईडस्थित निर्मल बहादुर महराको घरमा जुवातास खेलिरहेको अवस्थामा ५१ वर्षीय भट्टराई लगायत ५ जनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद २३ हजार ३ सय ३५ रुपैयाँ र ४ बुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, १६:४७